१९ मंसिर २०८२, शुक्रबार
,
Latest
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा जारी छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा कर्णालीले सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १०१ रन जोड्यो ।

उसका लागि जिशन मक्शुदले ३०, विलियम बोसिस्टोले १६, बाबर हायतले १३, चाडविक वाल्टन र सोमपाल कामीले ११–११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ सुदूरपश्चिमका हरमित सिंहले तीन, दिपेन्द्र सिंह ऐरी र स्कट गुगलाइनले दुई–दुई तथा सैफ जइबले एक विकेट लिए ।