११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने



अ+ अ-

जनकपुरधाम। सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कफ्र्यु हटाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले आज सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कफ्र्यु आदेश आज राती ७ बजेदेखि हटाइने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कफ्र्यु आदेश २०८३ साउन १७ गते राति ७ः०० बजेदेखि हटाइने उल्लेख छ ।

गोलबजार क्षेत्रमा पछिल्लो केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।

सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कफ्र्यु हटाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ । रासस