१७ श्रावण २०८३, आईतवार
,
Latest
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरालाई हराउँदै सुदूरपश्चिम एनपिएलको प्लेअफमा



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफको टिकट काटेको हो ।

१५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रनमा अलआउट भयो ।

उसका लागि एन्ड्रीस गौसले ३६, रेमोन रेइफरले ३३, किरण ठगुन्नाले ३२, दिपेश खरेलले १५ तथा जेन मलिकले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान कुशल भुर्तेलसहित सुदीप अर्याल र विपिन खत्रीले खाता समेत खोल्न सकेनन् ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलाइन एक्लैले पाँच विकेट लिए भने हरमित सिंहले तीन तथा सैफ जइबले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १५३ रन जोड्यो ।

उसका लागि आरिफ शेखले अविजित ४२, ब्रान्डन म्याकमुलेनले २३, दिपेन्द्रसिंह ऐरीले २०, विनोद भण्डारीले १४, हरमित सिंहले १३ रन बनाए भने इशान पाण्डे १० रनमा रिटायर्ड आउट भए ।

बलिङतर्फ पोखराका कुशल भुर्तेलले दुई तथा रेमोन रिफर, सागर ढकाल र माइकल लिस्कले एक–एक विकेट लिए ।

जितसँगै प्लेअफमा स्थान बनाउने सुदूरपश्चिम दोस्रो टोलि बनेको छ । जनकपुर बोल्ट्स र चितवन राइनोज यसअघि नै प्लेअफमा पुगिसकेका छन् । पोखराको यात्रा भने यहीँ सकिएको छ । अब समूह चरणको अन्तिम खेल भोलि हुँदैछ । जसमा सुदूरपश्चिम र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।