१७ श्रावण २०८३, आईतवार
,
Latest
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमाथि काठमाडौँको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौँले रोमाञ्चक जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा काठमाडौँले विराटनगर किंग्सलाई एक विकेटले हराएको हो । विराटनगरले दिएको ११७ रनको लक्ष्य काठमाडौँले १८.१ ओभरमा ९ विकेट गुमाएर भेट्टायो ।

दिपेश कँडेल काठमाडौँको जितमा नायक बने । उनी ५ बलमा ११ रनसहित अविजित रहे । उनले एक–एक छक्का र चौका प्रहार गरे ।

यस्तै, प्रतिक श्रेष्ठले ३९, शंकर रानाले अविजित १६, राशिद खानले १४, जेरहार्ड इरास्मसले १२ तथा माइकल लेभिटले १० रन जोडे । बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले तीन तथा अनिल खरेल, बसिर अहमद र क्रिस सोलले दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रन जोड्यो ।

उसका लागि राजेश पुलामी मगरले २५, दिपक बोहराले २०, स्कट इडवाड्रसले १५, बसिर अहमदले १३, निकोलस किर्तोनले १२ रन जोडे । यस्तै, उसले अतिरिक्त १२ रन पायो ।

बलिङतर्फ काठमाडौँका जेरहार्ड इरास्मसले तीन, दिपेश कँडेलले दुई तथा करण केसी, शाहब आलम र डान डाउथवेटले एक–एक विकेट लिए ।

जितसँगै काठमाडौँले प्लेअफको आशा जिवितै राखेको छ । विराटनगर भन यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको छ ।