२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाली संसदद्वारा राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाको संसदले शनिवार राष्ट्रपति युन सुक–योलको मार्शल ल घोषणामा दोस्रो महाभियोग प्रश्ताव पारित गरेको छ । पहिलो एक हप्ता अघि खारेज गरेपछि यो दोस्रो पटक पारित गरिएको हो ।

ऐतिहासिक पूर्ण बैठकमा एक सदनात्मक राष्ट्रिय सभाका ३०० सांसदमध्ये २ सय ४ जनाले पक्षमा र ८५ जना विपक्षमा मतदान गरेका थिए भने तीन जनाले अनुपस्थिति र आठ जनाले बदर गरेका थिए ।

गत शनिवार सत्तारुढ १०८ जनशक्ति पार्टीका अधिकांशले संसदीय हलबाट बाहिरिएर मतदान गर्न अस्वीकार गरेपछि पहिलो महाभियोग प्रश्ताव अमान्य भएको पुष्टि भएको थियो ।

संसदीय स्वीकृतिसँगै संवैधानिक अदालतले १८० दिनसम्म महाभियोगको विचार गर्नेछ । जसको अवधिमा युनको संवैधानिक शक्ति निलम्वित हुनेछ र प्रधानमन्त्री हान डक–सू कार्यवाहक राष्ट्रपति हुनेछन् ।

यदि अदालतले महाभियोगलाई समर्थन गर्यो भने ६० दिनभित्र तुरुन्तै राष्ट्रपति चुनाव हुनेछ ।

तस्बिरः एपी