१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद

चीनले संसारकै सबैभन्दा ठूलो ‘रोबोट याक’ बनायो

चीनले संसारकै सबैभन्दा ठूलो ‘रोबोट याक’ बनायो
अ अ+ अ-

बेइजिङ । चीनले विश्वको सबैभन्दा ठूलो चार खुट्टा भएको ‘रोबोट याक’ बनाएको दाबी गरेको छ । यो रोबोट याकले १६० किलोग्रामसम्म तौल उठाउन र एक घण्टामा १० किलोमिटरसम्मको यात्रा गर्न सक्ने चिनियाँ सञ्चारमाध्यमले दाबी गरेका छन् ।

चीनको आधिकारिक सीसीटीभीको रिपोर्टअनुसार यो रोबोट विशेषगरी मानिसलाई काम गर्न गाह्रो हुने र जोखिम पनि धेरै हुने ठाउँका लागि डिजाइन गरिएको हो । सीसीटीभीले यो रोबोट विश्वकै सबैभन्दा ठूलो र भारी भएको दाबी गरेको छ । यो रोबोट वयस्क मानिसको तुलनामा करिब आधा अग्लो छ। ठूलो आकार भए पनि १६० किलोग्राम उचाल्न र १० किलोमिटर प्रतिघण्टाको गतिमा दौडन सक्ने चीनले दाबी गरेको छ ।

रिपोर्टअनुसार यो याकमा सेन्सरहरू छन् र यसले आफ्नो वरपरको क्षेत्र पहिचान गर्न सक्छ। यो रोबोटले पहाड चढ्न तथा खाल्डाखुल्डी र चुचुराहरू पार गर्न सक्छ। यो हिलो सडक, घाँसे मैदान, मरुभूमि र हिउँ क्षेत्रहरूमा पनि हिँड्न सक्छ।

यो रोबोट १२ मोड्युलहरू मिलाएर बनाइएको हो। यो घुम्न, हिँड्न र अगाडि पछाडि घुम्न सक्छ। यो रोबोटले पठार, पहाड, मरुभूमि र घना जङ्गलमा सामान्य सवारी साधन चलाउन नसक्ने ठाउँमा समेत सैनिकलाई विस्फोटक पदार्थ र खाना पुर्‍याउन सक्ने चीनले दाबी गरेको छ ।

रोबोटको सहायताले शत्रुको क्षेत्रमा युद्धको समयमा सजिलै निगरानी गर्न सकिने चीनले दाबी गरेको छ । यसका साथै जुन लक्षमा निशाना लगाइएको छ त्यसको निगरानी गर्न पनि सकिनेछ । मानव सैनिकहरूलाई यी ठाउँहरूमा जान गाह्रो छ। चिनियाँ सेनाका विज्ञहरूले निगरानी गर्न सजिलो नभएका क्षेत्रमा पनि यी रोबोट याकको सहायताले निगरानी गर्न सकिने बताएका छन् । आवश्यक परेमा यी रोबोटलाई हतियारले सुसज्जित गर्न सकिन्छ।

चीनले मेशिन कुकुर पनि बनाएको छ जसको नाम मेरिगोल्ड राखिएको छ । यो कुकुर वास्तविक कुकुरको आकारको छ र यसको वजन ३२ किलोग्राम छ। यसले ४० किलोग्राम सामान बोक्न सक्छ। एजेन्सी