११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुष–ऐश्वर्याको डिभोर्स, १८ वर्षपछि वैवाहिक जीवनको अन्त्य



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय फिल्म इन्डस्ट्रीका अभिनेता धनुष र सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तले डिभोर्स गरेका छन् । 

वैवाहिक जीवनको १८ वर्षपछि यो जोडीले एक–अर्काबाट टाढा हुने फैसला गरेका हुन् । दुबैले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो सम्बन्ध टुटेको जानकारी गराएका छन् । यो जोडीलाई साउथकै उत्कृष्ट जोडी मानिन्थ्यो । उनीहरुको यसप्रकारको निर्णयले उनका फ्यानहरु अचम्ममा परेका छन् । 

धनुषले डिभोर्सलाई लिएर सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले १८ वर्षसम्म मित्रता, जोडी, अभिभावक र एक–अर्काको शुभचिन्तक बनेर लामो समयको यात्रा तय गर्यौँ । आज हामी जुन ठाउँमा उभिएका छौँ, त्यहाँबाट हामी दुबै टाढा भएका छौं । मैले र ऐश्वर्याले एक जोडीको रुपमा अलग हुने फैसला गरेका छौँ । हामी दुबै एक अर्कालाई राम्रोसँग बुझ्न समय लिन चाहन्छौँ । हाम्रो फैसलालाई सम्मान गर्दै हाम्रो गोप्यतालाई ध्यान राख्नुहोला ।’

यता, ऐश्वर्याले इन्स्टाग्राममा यस्तै पोस्ट गर्दै शेयर गर्दै लेखेकी छन्, ‘क्याप्सनको जरुरी छैन, मात्र तपाईको बुझाई र स्नेहको जरुरी छ ।’

धनुषले २००४ नोभेम्बर १८ मा सुपरस्टार रजनीकान्तकी सबैभन्दा ठुली छोरी एैश्वर्यासँग बिहे गरे । यो जोडीको दुई बच्चाहरु यात्रा र लिंगा छन् । धनुषले ऐश्वर्याको निर्देशनमा बनेको पहिलो फिल्म ‘३’ मा काम गरेका थिए । यसै फिल्मको गीत ‘कोलावेरी डी’ २०११ को सर्वाधिक हिट गीत बन्यो । 

यसभन्दा पहिले २ अक्टुबरमा साउथकै अर्को चर्चित जोडी सामन्था र नागा चैतन्यले पनि अलग हुने फैसला लिएका थिए ।