काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) अन्तरगत आजको पहिलो खेलमा काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
किर्तीपुरस्थित टियु मैदानमा जारी खेलमा पोखराले काठमाडौंलाई १३९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १३८ रन जोड्यो ।
उसका लागि रेमोन रेइफोरले अविजित ४१, दिपेश खरेलले ३८, दिलिप नाथले २७, रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ काठमाडौंका राशिद खान र करण केसीले तीन-तिन, माइकल लेभिट जेरहार्ड इरास्मसले एक-एक विकेट लिए ।










