१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद

राष्ट्रपति सीद्वारा विश्व अर्थतन्त्रको पुनरूत्थानकालागि आव्हान

राष्ट्रपति सीद्वारा विश्व अर्थतन्त्रको पुनरूत्थानकालागि आव्हान
अ अ+ अ-

बेइजिङ I विश्वमा सयौँ वर्षसम्म नदेखिएको अवस्था आइपरेको छ । कोभिड-१९ महामारीलाई कसरी जित्ने र यस अवस्थामा विश्वको कसरी पुनरूत्थान गर्ने यस्ता प्रश्नहरूको जवाफ र समाधान आजको प्रमुख आवश्यकता हो । चिनियाँ राष्ट्रपति सी चिनफिङले जनवरी १७ सोमबार बेइजिङबाट सन् २०२२ विश्व आर्थिक मञ्चलाई भिडियोमार्फत् सम्बोधन गर्दै हाल विश्वमा सयौँ वर्षमा नदेखिएको अवस्था रहेको औँल्याउँदै कोभिड(१९ महामारीलाई कसरी जित्ने तथा महामारीपछि विश्वलाई कसरी पुनरूत्थान गर्ने यी प्रश्नहरू विश्वका विभिन्न मुलुकका जनताले साझा ध्यान दिएको समस्या रहेकाले जवाफ खोज्नुपर्ने औँल्याएका छन् । 

उक्त भिडियो सम्मेलनमा अन्तर्राष्ट्रिय परिपाटीलाई स्थायित्व दिने अभियानलाई कायम राख्ने, मानव जातिको संयुक्त मूल्य मान्यताको प्रसारण गर्ने, मानव भाग्य एकरूपताको स्थापनालाई अघि बढाउने काममा चीन निरन्तर लागिरहेको बताउँदै राष्ट्रपति सीले चीनले कुनै पनि तवरका एकपक्षीयतावाद, संरक्षणवाद तथा प्रभुत्ववादको विरोध गर्ने बताए । शान्तिपूर्ण विकास तथा संयुक्त सहयोग नै सही बाटो रहेको औँल्याउँदै राष्ट्रपति सीले विभिन्न मुलुक, विभिन्न सभ्यताले आपसी सम्मान गर्ने आधारमा संयुक्त विकास गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति सीले विश्वको उदासीन अर्थतन्त्रको बीचमा प्रमुख विकसित देशहरूलाई जिम्मेवारीपूर्वक आर्थिक नीतिहरू अपनाउन आह्वान गर्दै विश्वव्यापी अर्थतन्त्र तथा वित्तीय स्थिरताकालागि योगदान पुर्याउन आफ्नो मौद्रिक नीतिहरूमा ब्रेक लगाउने तथा यू टर्न नगर्न चेतावनी समेत दिएका छन् ।

यसअघिका सम्मेलनमा पनि राष्ट्रपति सीले सम्बोधन गर्दै विश्वलाई चीनद्वारा अर्थतन्त्रको विश्वव्यापीकरण र बहुपक्षीयताप्रति लिइएको विचार तथा अडानको व्याख्या गरेका थिए । सीले डाभोसलाई तीन पटक सम्बोधन गर्दै जटिल अवस्थामा सही दिशा देखाएका छन् । उनले खुला विश्व अर्थतन्त्रको विकास गर्दै खुलापनबाट पारस्परिक तथा साझा हित गर्न सकिने औँल्याउँदै विश्वका लागि मार्ग प्रशस्त गर्न चीन सधैँ नै प्रयासरत् रहेको बताउँदैआएको छन् । साथै विश्वमा देखिँदैआएको परिवर्तनको अवस्थामा ठूलो मुलुकको हैसियतमा चीनको दायित्व तथा कार्यभारमा परिवर्तन आएको छैन र कहिल्यै परिवर्तन नहुने विश्वास पनि चीनले दिलाएको छ ।

अन्तर्राष्ट्रिय आर्थिक र वित्तीय संस्थाहरूलाई अन्तर्राष्ट्रिय सहमति निर्माण गर्न, नीतिगत समन्वयलाई सुदृढ गर्न र विश्व अर्थतन्त्रलाई पुनरूत्थानमा मद्दत गर्न प्रणालीगत जोखिमहरूबाट जोगाउन रचनात्मक भूमिका खेल्न पनि आव्हान गरे । आफ्नो सम्बोधनमा राष्ट्रपति सीले चीनको आर्थिक अवस्थाबारे पनि जानकारी दिएका छन् । गत वर्ष चीनको गार्हस्थ उत्पादन मात्रा ८ प्रतिशतले वृद्धि हुँदै चीनको आर्थिक विकासको सकारात्मक प्रवृत्तिलाई कायम राखेको छ । विश्व आर्थिक वातावरणमा देखिएको परिवर्तनबाट चिनियाँ आर्थिक विकासमाथि ठूलो दवाव देखिए तापनि चीनको आर्थिक विकास सम्भावनाले भरिपूर्ण रहेको विश्वास लिइएको छ । चीनको राष्ट्रिय तथ्याङ्क व्यूरोले जनवरी १७ तारिख सन् २०२१ चीनको आर्थिक तथ्याङ्क सार्वजनिक गरेको छ । सन् २०२१ मा चीनको कूल आर्थिक परिमाणमा संलग्न रकम ११४४ खरब चिनियाँ युआन अर्थात् १७७ खरब अमेरिकी डलर पुगेको छ । विश्वको दोस्रो स्थानमा रहँदै विश्व अर्थतन्त्रमा १८ प्रतिशतभन्दा बढी भाग ओगटेको छ । यस बाहेक चीनको कूल गार्हस्थ उत्पादन (जीडीपी) गत सालको तुलनामा ८.१ प्रतिशतले वृद्धि भएको छ । चिनियाँ नागरिकको प्रतिव्यक्ति औसत व्यययोग्य आय र आर्थिक वृद्धिको गति बराबर भएको छ । 

सम्बोधनमा राष्ट्रपति सीले विश्वलाई दुई अर्ब कोरोना खोप उपलब्ध गराएको पनि बताए । हालसम्म चीनले १२० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई २ अर्ब डोज कोरोना खोप उपलब्ध गराइसकेको छ । विश्वका विभिन्न मुलुकले एकतावद्ध भई सहकार्य गरे मात्र मानव भाग्य समुदायको नयाँ अध्याय लेख्न सकिन्छ । जनता जनताबीच सम्बन्ध जोड्ने मावन भाग्य समुदाय हो र साझा भविष्यका लागि सबै मिलेर अघि बढ्नुपर्छ । विश्व एकजुट भए मात्र कोरोना महामारीलाई यथाशिघ्र निर्मूल पार्न सकिन्छ । होइन भने कोरोना लगायतका महामारीको कहर विश्वमा सधैँ भइरहने छ ।

यसै गरी, हरित विकासको विषयमा राष्ट्रपति सीले नदी र पहाड सुन र चाँदी भएको विचारमा जोड दिँदै चीनले पर्यावरणीय निर्माणलाई अघि बढाउने र सक्दो प्रदूषण प्रतिरोध गर्ने तथा जनताको जीवन र काम गर्ने वातावरणमा थप सुधार गर्ने पनि बताए । उनले हिउँदे ओलम्पिक खेल समारोह नजिकिँदै गरेको अवस्थामा दाभोस विश्वमा हिउँदे खेलकुदका लागि प्रसिद्ध ठाउँ रहेको पनि स्मरण गरे । उनले दाभोस विश्वमा हिउँदे खेलकुद खेल्ने प्रसिद्ध ठाउँ भएको औँल्याउँदै बेइजिङमा आउने महिना बेइजिङ हिउँदे ओलम्पिक खेलकुद, प्याराओलम्पिक खेलकुद सुरू हुनलागेको जानकारी दिए । चीनले विश्वलाई एउटा सरल, सुरक्षित, अद्भुत ओलम्पिक खेलकुद प्रदर्शन गर्ने विश्वास लिएको भन्दै राष्ट्रपति सीले बेइजिङ हिउँदे ओलम्पिक तथा प्यारा ओलम्पिकको नारा संयुक्त रूपमा भविष्य उन्मुख भएकोले सबैसँग हातमा हात मिलाएर विश्वासका साथ संयुक्त भविष्य निर्माण गर्दैजान आह्वान गरेका छन् ।
 साथै नयाँ वर्षको शुभकामना सन्देशमा पनि राष्ट्रपति सीले चीन विश्वसमक्ष बेइजिङ हिउँदे ओलम्पिक तथा पारा ओलम्पिक खेलकुद समारोह प्रस्तुत गर्न तयार रहेको व्यक्त गरेका थिए । चीनले यही फेब्रअरी ४ देखि २० सम्म हिउँदे ओलम्पिक र मार्च ४ देखि १३ सम्म पारा ओलम्पिकको आयोजना गर्दैछ र सँगसँगै बेइजिङ गृष्मकालीन तथा हिउँदकालीन ओलम्पिक खेलकुद आयोजना गर्ने विश्वको पहिलो सहर बन्ने छ ।