२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 14.21

Wind: 1.03

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय एकता हाम्रो मूल मन्त्र : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं, २८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूल मन्त्र भएको बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति महिला- राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्याउन संविधानको मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने मा जोड दिनुभयो ।

नेकपा (एमाले) का अध्यक्ष रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र खासगरी सबै महिला समुदायको अधिकार स्थापनाका लागि विशेष महत्व दिँदै आएको बताउदै हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गरेरै छाडिने संकल्प गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पछाडी पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउँदै आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र सस्कृतिलाई आधुनिक बनाउँदै निरन्तरता दिन आग्रह गर्नुभयो ।