२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहलीले अस्ट्रेलियाविरुद्ध १००औँ अन्तर्राष्ट्रिय खेल खेल्दै, कस्तो छ उनको प्रदर्शन ?



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा विराट कोहलीले इतिहास रच्ने भएका छन् । यो खेलसँगै उनी अष्ट्रेलियाविरुद्ध १०० अन्तर्राष्ट्रिय खेल खेल्ने दोस्रो खेलाडी बन्नेछन् । सचिन तेन्दुलकरले अस्ट्रेलियाविरुद्ध ११० खेल खेलेका छन् ।

विराटले अस्ट्रेलियाविरुद्ध ९९ खेलमा १७ शतक प्रहार गरेका थिए जसमध्ये उनी ९ पटक प्लेयर अफ द म्याच भएका छन् । विराटले अष्ट्रेलियाका ७ मध्ये ६ सहरमा शतक प्रहार गरेका छन् भने ब्रिस्बेन मात्र एक मात्र सहर हो जहाँ उनले शतक बनाउन सकेनन् ।

अस्ट्रेलिया विरुद्ध ५००० माथि रन
विराटले अष्ट्रेलियाविरुद्ध २७ टेस्ट, ४९ एकदिवसीय र २३ टी–२० खेलेका छन् । जसमा उनले ५० भन्दा बढीको औसतमा ५३२६ रन बनाए । उनको नाम १७ शतक र २७ अर्धशतक रहेको छ । विशेष कुरा यो छ कि विराटले अस्ट्रेलियाविरुद्ध १७ शतकमध्ये १० शतक उसकै घरेलु मैदानमा बनाएका छन् ।

विराटको उपस्थितिमा भारतले अष्ट्रेलियालाई १० टेस्ट, २१ एकदिवसीय र १५ टी–२० मा पराजित गरेको थियो । विराट जहिले पनि तीनवटै ढाँचामा प्लेइङ–११ को हिस्सा थिए ।

विराटले २०१८ मा अष्ट्रेलियाको भूमीमा इतिहास रचेका थिए, जब उनले आफ्नो कप्तानीमा भारतलाई टेस्ट सिरिज २–१ ले जिताएका थिए । क्रिकेट इतिहासमा पहिलो पटक भारतले घरेलु मैदानमा अष्ट्रेलियालाई टेष्ट सिरिजमा पराजित गरेको हो ।

विराटले आफ्नो करियरका अधिकांश खेल अष्ट्रेलियाविरुद्ध मात्र खेलेका छन् । उनले न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र इङ्ल्यान्डविरुद्ध ५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । अस्ट्रेलियापछि उनले श्रीलंकाविरुद्ध १५ र वेस्ट इन्डिजविरुद्ध १२ शतक प्रहार गरेका छन् । इंग्ल्याण्डविरुद्धको ८५ खेलमा उनको नाममा ८ शतक छ ।