२० भाद्र २०८३, शनिबार
,
Latest
‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा रारा विजेताले १० लाख पाउने



file
अ+ अ-

पोखरा । २० औं संस्करणको आहा–रारा गोल्डकप फुटबलको उद्घाटन खेलमा सहारा क्लब पोखरा र विभागीय टिम एपीएफले प्रतिस्पर्धा गर्ने भएका छन् । 

मंगलबार सार्वजनिक खेल तालिका अनुसार माघ ६ गते हुने उद्घाटन खेलमा आयोजक टिम सहारा र एपीएफ भिड्ने भएका हुन् । 

पोखरा रंगशालमा हुने खेलमा गत वर्षको विजेता टोली संकटा क्लब, पाहुना टोली बिवाईएससी माईनसोटा अमेरिका, मछिन्द्र क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लब गरी कुल १० टिमले सहभागिता जनाउँदैछन् । 

तत्काललाई केही दिन दर्शक बिना नै प्रतियोगिता सञ्चालन गर्ने तयारी रहेको सहारा क्लबका अध्यक्ष हरेराम गुरुङ ‘सुरज’ले जानकारी दिए । 

माघ ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ र उपविजेता टिमले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।