• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

कप्तान कोहलीको ९० रनमा चेन्नई सुपर किंग्समाथी रोयल च्यालेन्जर्स बेंग्लोरको जित



दुबई । शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । बेंग्लोर ६ खेलमा ८ अंकसहित चौथो स्थानमा छ । कप्तान विराट कोहलीको सानदार ९० रनमा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सलाई पराजित गरेको हो । 

कोहलीले ५२ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरेपछि टस जितेर ब्याटिङ रोजेको बेंग्लोरले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १६९–४ को स्कोर बनाएको थियो । चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३२ रनमात्र बनाउन सक्यो । कप्तान महेन्द्रसिंह धोनी १० रनमा आउट भएका थिए ।यता अम्बाती रायडुले ४२, नारायण जगदीशनले ३३, शेन वाटसनले १४ रन बनाउन सफल भए । 

बेंग्लोरका क्रिस मोरिसले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । वाशिङटन सुन्दरले २ तथा इसुरु उडाना र युजभेन्द्र चाहलले १–१ विकेट लिए । यसअघि बेंग्लोरबाट कोहलीबाहेक देवदत्त पाडिक्कलले ३३ र शिवम दुबेले १४ बलमा अविजित २२ रन बनाएका थिए । चेन्नईका शार्दुल ठाकुरले २ विकेट लिएका थिए ।