१७ श्रावण २०८३, आईतवार
,
Latest
सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा ‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०३४ को फुटबल विश्वकपको आयोजना साउदी अरेबियाले गर्ने



अ+ अ-

एजेन्सी । सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने भएको छ । यस्तै, सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा आयोजना गर्ने छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार राति यस्तो घोषणा गरेको हो ।

साउदी अरेबियाले मात्र २०३४ को विश्वकप आयोजना गर्न दाबी गरेको थियो । यस्तो अवस्थामा जुरिचमा भएको विश्व निकायको विशेष बैठकपछि अध्यक्ष जियानी इन्फान्टिनोले साउदी अरेबियालाई आधिकारिक आयोजक घोषणा गरेका हुन् ।

रोनाल्डोले लेखे–सपना साकार भयो
यो घोषणा पछि, स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले खुशी व्यक्त गरेका छन् । ‘अहिलेसम्मको सबैभन्दा विशेष विश्वकप, सपना साकार भयो । पोर्चुगलले २०३० को विश्वकप आयोजना गर्नेछ र हामी यसमा गर्व गर्छौं ।’ उनले भनेका छन् ।

सन् १९३० मा उरुग्वेले पहिलो विश्वकप आयोजना गरेको थियो । यसले २०३० को विश्वकपको पहिलो खेल आयोजना गर्नेछ । उद्घाटन समारोह पनि यही देशमा हुनेछ । उरुग्वे बाहेक अर्जेन्टिना र पाराग्वेले पनि २०३० को विश्वकपमा एक–एक खेल आयोजना गर्ने छन् ।

आगामी विश्वकप सन् २०२६ मा हुनेछ । यसलाई संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन् ।

फुटबल विश्वकपको अन्तिम सिजन २०२२ मा कतारमा भएको थियो । अर्जेन्टिनाको टोलीले प्रतियोगिता जितेको थियो ।