२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०३४ को फुटबल विश्वकपको आयोजना साउदी अरेबियाले गर्ने



अ+ अ-

एजेन्सी । सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने भएको छ । यस्तै, सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा आयोजना गर्ने छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार राति यस्तो घोषणा गरेको हो ।

साउदी अरेबियाले मात्र २०३४ को विश्वकप आयोजना गर्न दाबी गरेको थियो । यस्तो अवस्थामा जुरिचमा भएको विश्व निकायको विशेष बैठकपछि अध्यक्ष जियानी इन्फान्टिनोले साउदी अरेबियालाई आधिकारिक आयोजक घोषणा गरेका हुन् ।

रोनाल्डोले लेखे–सपना साकार भयो
यो घोषणा पछि, स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले खुशी व्यक्त गरेका छन् । ‘अहिलेसम्मको सबैभन्दा विशेष विश्वकप, सपना साकार भयो । पोर्चुगलले २०३० को विश्वकप आयोजना गर्नेछ र हामी यसमा गर्व गर्छौं ।’ उनले भनेका छन् ।

सन् १९३० मा उरुग्वेले पहिलो विश्वकप आयोजना गरेको थियो । यसले २०३० को विश्वकपको पहिलो खेल आयोजना गर्नेछ । उद्घाटन समारोह पनि यही देशमा हुनेछ । उरुग्वे बाहेक अर्जेन्टिना र पाराग्वेले पनि २०३० को विश्वकपमा एक–एक खेल आयोजना गर्ने छन् ।

आगामी विश्वकप सन् २०२६ मा हुनेछ । यसलाई संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन् ।

फुटबल विश्वकपको अन्तिम सिजन २०२२ मा कतारमा भएको थियो । अर्जेन्टिनाको टोलीले प्रतियोगिता जितेको थियो ।