२६ श्रावण २०८३, मंगलवार
,
Latest
आज घण्टाकर्ण पर्व मनाइँदै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको कृत्रिम अभाव, सञ्चय नगर्न व्यवसायीको आग्रह बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन फिलिपिन्सको पहिरोमा परी चार जनाको मृत्यु, ६ जना बेपत्ता होर्मुज जलडमरूमध्य भएर आवतजावत गर्ने जहाजसँग सेवा शुल्क लिनुपर्ने इरानको धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको माग बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ? कास्कीको अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बिमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार कैदी भरुवा बन्दुकसहित पक्राउ



अ+ अ-

चितवन। कारागार कार्यालय चितवनबाट फरार रहेका एक कैदी भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका राप्ती नगरपालिका–११ थाकलटारका ४५ वर्षीय आइतसिंह लामालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो । उनी भदौ २५ गते अन्य कैदी बन्दीसहित भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार लामालाई आज  घरबाटै पक्राउ गरिएको हो ।

एकसिङ्गे गैँडा मारी वन्यजन्तुसम्बन्धी कसुर गरेको मुद्दामा १५ वर्ष कैद र रु १० लाख जरिवाना तोकिएका लामा जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागी फरार रहेका थिए । उनीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।रासस