४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने

ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने
अ+ अ-

लन्डन। साउदी अरब, रूस र ओपेक प्लस का पाँच अन्य प्रमुख सदस्यहरूले आइतबार अनलाइन बैठकमा मध्यपूर्वको युद्धले सिर्जना गरेको अवरोधका बीच सेप्टेम्बरदेखि पेट्रोलियम पदार्थ (इन्धन) उत्पादनलाई बढाएर एक लाख ८८ हजार ब्यारेल प्रतिदिन बनाउने सहमति जनाएका छन् ।

“सात सहभागी देशहरूले प्रतिदिन एक लाख ८८ हजार ब्यारेलको उत्पादन समायोजन लागू गर्ने निर्णय गरेका छन्,” उनीहरूद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ ।

विस्तारित पेट्रोलियम निर्यातक देशहरूको सङ्गठनका प्रमुख देशहरूले गरेको यो वृद्धि विश्लेषकहरूले व्यापक रूपमा गरेको अपेक्षा अनुरूप नै आएको छ ।

रिस्ट्याड इनर्जीका विश्लेषक जर्ज लियोनले भन्नुभयो, “ओपेक प्लसले आफ्नो स्वैच्छिक कटौती अन्त्य गरिसकेको छ। अबको चुनौती निर्यात प्रवाह सामान्य हुँदा आउन सक्ने अतिरिक्त आपूर्ति व्यवस्थापन गर्नु हो।”

उहाँले चेतावनी दिनुभयो, “आजको निर्णयले निकट भविष्यमा खासै परिवर्तन ल्याउँदैन किनकि हर्मुज जलमार्ग अझै अवरुद्ध छ । वास्तविक बजार प्रभाव तब आउनेछ जब सामान्य निर्यात प्रवाह पुनः सुरु हुनेछ।”

खाडी देशहरूले मध्यपूर्वको युद्धका बेला जुन महिनामा अमेरिका–इरान समझदारीपत्रमा हस्ताक्षर भएपछि ढुवानीमा छोटो समयको वृद्धि भए पनि इरानले हर्मुज जलमार्गलाई लगभग नियन्त्रणमा राखेका कारण निर्यात बढाउन सङ्घर्ष गरिरहेका छन् ।

“धेरै ओपेक प्लस सदस्यहरू आफ्नो आधिकारिक लक्ष्यअनुसार तेल उत्पादन गर्न सक्दैनन् किनकि ‘उत्पादन क्षमतामा गिरावट’ आएको छ, त्यसैले लक्ष्य बढाउनु कम अर्थपूर्ण भएको छ,” युबिएसका विश्लेषक जियोभान्नी स्टाउनोभोले भन्नुभयो ।

भविष्यमा रोकिने अनुमान

साउदी अरब, रूस, इराक, कुवेत, कजाखस्तान, अल्जेरिया र ओमानलगायतका ओपेक प्लस देशहरूले गरेको सेप्टेम्बरको वृद्धिले सङ्गठनले ल्याएको तीनवटा उत्पादन कटौती प्याकेजमध्ये दोस्रोको पूर्ण रूपमा अन्त्य गर्छ।

“पुनस्र्थापना अभियान पूरा गरेपछि ओपेक प्लसलाई थप आपूर्ति परिवर्तन गर्न हतार गर्ने खासै प्रोत्साहन छैन। हाम्रो आधारभूत अनुमान अनुसार चौथो त्रैमासिकमा रोक लगाइनेछ भने समूह सन् २०२७ को कोटा वार्ताका लागि तयारी गर्नेछ,” रिस्ट्याड इनर्जीका लियोनले भन्नुभयो ।

उहाँले भन्नुभयो, “अहिलकोे भूराजनीतिले आपूर्ति वृद्धिको मात्रालाई लुकाइरहेको छ। निर्यात प्रवाह सामान्य भएपछि त्यो धेरै स्पष्ट हुनेछ।”

समूहले वास्तवमा कहिले तेलको परिमाण बढाउन सक्नेछ भन्ने अझै अस्पष्ट छ । इराकजस्ता केही सदस्य देशहरूले उत्पादन उल्लेखनीय रूपमा बढाउने इच्छा व्यक्त गरेका छन्।

तर रूस युक्रेनी ड्रोन आक्रमणको बारम्बार सामना गरिरहेको छ जसले यसको तेल पूर्वाधारलाई क्षति पु¥याएको छ र उत्पादन हाल प्रतिदिन करिब ९० लाख ब्यारेलमा रहेकोे छ । यो रूसको ९८ लाख ब्यारेल प्रतिदिनको लक्ष्यको तुलनामा कम हो ।

डीएनबी कार्नेगीका विश्लेषकहरूका अनुसार सेप्टेम्बरको वृद्धिपछि ओपेक प्लस ‘नयाँ उत्पादन कोटाबारे सम्भावित कठिन वार्ता’ को सामना गर्नेछ ।

सन् २०२२ को अन्त्यदेखि सन् २०२३ सम्म ओपेक प्लसले तेलको मूल्य घटिरहेको चिन्ता गर्दै तीन चरणमा तेल उत्पादन कटौती गर्न सहमति जनाएको थियो जसले कुल उत्पादन लगभग ६० लाख ब्यारेल प्रतिदिन घटाएको थियो।

साउदी अरब, रूस, इराक, कुवेत, कजाखस्तान, अल्जेरिया, ओमान र संयुक्त अरब इमिरेट्सले सन् २०२५ देखि क्रमशः उत्पादन बढाएर आफ्नो रणनीति परिवर्तन गरेका थिए। तर समूहबाट संयुक्त अरब इमिरेट्स सन् २०२६ मे १ मा बाहिरिएको थियो।

“मलाई अहिले नै एकता जोखिममा छ भन्ने लाग्दैन,” लियोनले भन्नुभयो । मे महिनामा युएई समूहबाट बाहिरिएको घटनाले यस क्षेत्रमा कमजोरी देखाएको उहाँले चेतावनी दिनुभयो । रासस