२७ मंसिर २०८१, बिहीबार
,
Latest
काठमाडौँलाई हराउँदै जनकपुर एनपिएलको प्लेअफमा त्रिविको सिनेट बैठकः त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन ‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन सार्वजनिक विदा कटौती गरौंः डा.अमरेशकुमार सिंह मैत्रीपूर्ण फुटबलमा बालेनले गरे गोल ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव… त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक : त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति ‘अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ’ एनपिएलः काठमाडौँले जनकपुरलाई दियो १०२ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जबाट डिजेल आयात घट्यो



अ+ अ-

वीरगञ्ज । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१र८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको बताउनुभयो ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन।”

त्यसैगरी, चालु आवको चार महिनामा रु १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा रु १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो । रासस