एजेन्सी । बायर्न म्युनिख तथा पोल्याण्डका स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीले पुरुषतर्फको ‘फिफा द बेस्ट’ अवार्ड जितेका छन् ।
बुन्डेसलिगामा ४१ गोल गरेका लेवान्डोस्कीले पिएसजी स्टार लियोनल मेसी र लिभरपुल स्टार मोहम्मद सलाहलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् ।
योसँगै उनले पोर्चुगीज स्टार रोनाल्डोसँगै बराबरी गरेका छन् । दुबैले समान दुई–दुई पटक यो अवार्ड जितेका छन् ।
यस्तै महिलातर्फको अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितेकी छन् ।
यस्तै, चेल्सीका प्रशिक्षक थोमस टुकेलले 'वर्ष प्रशिक्षक'को अवार्ड जिते । उनले म्यान्चेस्टर सिटीका पेप गर्डिवाला र इटालीका रोबर्टो मान्सीनीलाई पछि पारे ।
चेल्सी तथा सेनेगलका एडुआर्ड मेन्डी 'वर्ष गोलकिपर' बने । उनले इटालीका डोनारुम्मा र जर्मनीका मान्युएल नोएरलाई पछि पारे । यस्तै, सेभियाका फरवार्ड एरिक लामेलाले 'पुस्कास अवार्ड' जिते ।
उनले टोटेनहमबाट आर्सनलविरुद्ध गरेको गोलले उक्त अवार्ड जितेका हुन् । यस्तै डेनमार्क टिम र स्टाफले 'फेयर प्ले' अवार्ड जितेको छ । डेनमार्क र फिनल्याण्ड दुबै देशका फ्यानहरुले 'बेस्ट फ्यान अवार्ड' जिते । उनीहरुले युरो २०२० मा डेनिस कप्तान क्रिस्टियन एरिक्सनको कार्डियक अरेस्ट भएको बेला सहयोग तथा सहानुभूति गरेका थिए । सन् २०१६ देखि यो अवार्ड वितरण गरिँदै आएको छ ।