५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका मेलिना राईको ‘ भुतुक्कै पार्यौ ‘ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपालि गीत संगीतमा सबैको मन मुटुमा बस्न सफल गायिका मेलिना राईको आवाजमा रहेको 'भुतुक्कै पार्यौ' गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीत भुतुक्कै पार्यौ मलाई कर्के हेराईले बोलको रहेको छ । गीतमा मेलिना राईको एकल सुमधुर स्वर सुन्न सकिन्छ । निकै मधुर शैलिमा गाइएको यो गीतको शब्द पनि उत्तिकै उत्कृष्ट रहेको छ ।

बालकुमार न्यौपाने को शब्द, सुनिल राईको सङ्गीत तथा माधब बेलाबासेको सम्पादनमा तयार भएको ‘ भुतुक्कै पार्यौ ‘’ बोलको गीतको म्युजिक भिडियो पनि उत्कृष्ट रहेको छ । उक्त गीतको एरेन्ज शाहस शाक्यले गरेका हुन् । गीत जति मिठो र सुनिरहन मन लाग्ने छ भिडियो पनि उत्कृष्ट बनेको छ। उक्त गीतको भिडियोमा पनि प्रेमी प्रेमीका विचको मायाको सुवासलाई निकै कलात्मक रुपमा समावेश गरिएको छ ।

भुतुक्कै पार्यौ गीतको भिडियोमा रंजित पौडेल र कबिता श्रेष्ठको अभिनय रहेको छ भने उक्त गीतको भिडियोको निर्देशन अमृत सुनुवारको रहेको छ। बि के क्रियशनको प्रस्तुतिमा तयार गरिएको उक्त गीतलाई बि के क्रियशन युट्य़ूब च्यानल मार्फत प्रस्तुत गरिएको छ।

भिडियो हेर्नको लागि तलको लिङ्कमा थिच्नुहोला:-