५ भाद्र २०८३, शुक्रबार
,
Latest
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः बेटिससँग बराबरीमा रोकियो बार्सिलोना, जिरोनामाथि रियल मड्रिडको सहज जित



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले बराबरी खेलेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

बार्सिलोनाका लागि खेलको ३९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले तथा ८२ औं मिनेटमा फेरान टोरेसले गोल गरे ।

घरेलु टोलि बेटिसका लागि जिओभानी लो सेल्सोले ६८ औं मिनेटमा (पेनाल्टी) तथा खेल सकिनै लाग्दा इन्जुरी समयमा असाने डियाओले गोल गरे ।

बराबरी खेलेपनि बार्सिलोना १७ खेलबाट ३८ अंकका साथ शीर्षस्थानमा यथावत छ । बेटिस २१ अंकका साथ ११ औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा रियल मड्रिडले जिरोनालाई ३–० गोलले पराजित गरेको छ । रियललाई जित दिलाउन जुड बेलिङहम, आर्दा गुलेर र किलियन एमबाप्पेले गोल गरे ।

जितसँगै रियलले शीर्षस्थानको बार्सिलोनासँग अंकदुरी घटाएको छ । दोस्रो स्थानको रियलको १६ खेलबाट ३६ अंक छ । जिरोना २२ अंकका साथ आठौं स्थानमा छ ।