जनकपुरधाम । प्रदेशको नाम मधेस राखिएको विरोधमा युवाहरुले सांसदको पुत्ला जलाएका छन् ।
प्रदेश नं २ लाई मधेस प्रदेश नामाकरण भएपछि मंगलबार त्यसको विरोधमा त्यहाँका युवाहरुले सांसदहरुको पुतला दहन गरेका हुन् ।
२२ जिल्लाको मधेश रहेपनि ८ जिल्लालाई मधेश नामाकरण गरिएकोमा आपत्ति जनाउँदै मिथिला–भोजपुरा नाम राख्न मागग र्दै युवाहरुले विरोध गरेका हुन् । उनीहरुले ‘मधेश नाम हामीलाई मान्य छैन ।’ भन्दै नाराबाजी समेत गरेका छन् ।