लन्डन । लाइफ स्टाइल साइटका लागि गरिएको एक अनुसन्धानले केही महिलाहरूले यौन सम्पर्क राख्दै गर्दा आफ्नो पार्टनरलाई ‘ड्याडी’ सम्बोधन गर्ने गरेको सार्वजनिक गरेको छ।
अनुसन्धानले ‘ड्याडी’ को सामान्य अर्थ पिता हुने भएकाले पनि निकै रोमान्चित हुँदै यौन संसारमा डुबिरहेका पुरुषहरूको उत्साह यस शब्दको प्रयोगका कारण सेलाउने गरेको पनि यस जनाएको छ ।
अनुसनधानकर्ता वेथी स्क्वायर्सले यौन सम्पर्कका बेला एकले अर्कालाई ‘वेवी, हनी, लिल पुडिन’ जस्ता नामले सम्बोधन गर्नु चाहीं सामन्य नै भएको बताउँछिन्। तर सेक्स थेरापिस्ट भेनेसा मरिनले ‘ड्याडी’ भन्नुको अर्थ महिलाहरूले आफूमाथि पुरुषबाट पूर्णनियन्त्रित हुने इच्छा व्यक्त भएको बताएकी छिन्। साथै उनले ड्याडीको अर्थ पिता मात्र नभइ रक्षक, बोस, इन्चार्ज वा कुनै राम्रो काम गर्ने व्यक्ति पनि हुने गरेको बताएकी छिन्।