२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनले डिसेम्बर १९ मा वार्षिक पत्रकार सम्मेलन गर्ने



अ+ अ-

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बर १९ मा आफ्नो वार्षिक पत्रकार सम्मेलन गर्नुहुने क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले शुक्रबार टेलिभिजन टिप्पणीमा भन्नुभयो । पत्रकार सम्मेलनमा विदेशी मिडियाको समेत सहभागिता हुनेछ ।

टेलिभिजनमा प्रसारण गरिने म्याराथन कार्यक्रम अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पदभार ग्रहण गर्नुभन्दा एक महिनाअघि र रुसी सेनाले युक्रेनमा प्रगति गरिरहेको बेला हुनेछ ।

पुटिनले पत्रकारहरूको प्रश्नहरूको जवाफ दिनुहुने र जनताका सदस्यहरूबाट फोन कल स्वीकार गर्नुहुने कार्यक्रमलाई ‘भ्लादिमिर पुटिनसँग वर्षको परिणाम’ भनिने पेसकोभले जानकारी दिनुभयो ।

रुसले गत वर्ष रुसमा काम गर्ने विदेशी पत्रकारहरूलाई प्रतिबन्ध र प्रवेश रोक लगाएको थियो । यसलाई रुसले ‘पारस्परिक कदम’ का रूपमा व्याख्या गर्दछ । तर पेसकोभले अन्तर्राष्ट्रिय मिडिया सहभागी हुनसक्ने पुष्टि गर्नुभयो ।

“सङ्घीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मिडियाका पत्रकारहरूलाई मान्यता दिइनेछ”, उहाँले भन्नुभयो ।

पेसकोभका अनुसार अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरू ‘मुख्यतया रुसमा हालको मान्यताअन्तर्गत काम गर्ने विदेशीहरू हुनेछन् । अन्य केही पश्चिमी मिडिया पनि उपस्थित हुनेछन् ।

राज्य समाचार संस्था तासका अनुसार कार्यक्रम मस्को समय अनुसार दिउँसो १२ बजे सुरु हुनेछ । गत वर्षको कार्यक्रमले चार घन्टाभन्दा बढी समय लिएको थियो ।