२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्रीलाई हर्कराज राईको सुझावः वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस् मन्त्रिपरिषद् बैठक जारी पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री वाग्ले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल पूर्व बालसैन्यलाई सम्मानजनक परिपूरण उपलब्ध गराउन सर्वोच्चको परमादेश पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फर्स्योटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनले डिसेम्बर १९ मा वार्षिक पत्रकार सम्मेलन गर्ने



अ+ अ-

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बर १९ मा आफ्नो वार्षिक पत्रकार सम्मेलन गर्नुहुने क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले शुक्रबार टेलिभिजन टिप्पणीमा भन्नुभयो । पत्रकार सम्मेलनमा विदेशी मिडियाको समेत सहभागिता हुनेछ ।

टेलिभिजनमा प्रसारण गरिने म्याराथन कार्यक्रम अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पदभार ग्रहण गर्नुभन्दा एक महिनाअघि र रुसी सेनाले युक्रेनमा प्रगति गरिरहेको बेला हुनेछ ।

पुटिनले पत्रकारहरूको प्रश्नहरूको जवाफ दिनुहुने र जनताका सदस्यहरूबाट फोन कल स्वीकार गर्नुहुने कार्यक्रमलाई ‘भ्लादिमिर पुटिनसँग वर्षको परिणाम’ भनिने पेसकोभले जानकारी दिनुभयो ।

रुसले गत वर्ष रुसमा काम गर्ने विदेशी पत्रकारहरूलाई प्रतिबन्ध र प्रवेश रोक लगाएको थियो । यसलाई रुसले ‘पारस्परिक कदम’ का रूपमा व्याख्या गर्दछ । तर पेसकोभले अन्तर्राष्ट्रिय मिडिया सहभागी हुनसक्ने पुष्टि गर्नुभयो ।

“सङ्घीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मिडियाका पत्रकारहरूलाई मान्यता दिइनेछ”, उहाँले भन्नुभयो ।

पेसकोभका अनुसार अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरू ‘मुख्यतया रुसमा हालको मान्यताअन्तर्गत काम गर्ने विदेशीहरू हुनेछन् । अन्य केही पश्चिमी मिडिया पनि उपस्थित हुनेछन् ।

राज्य समाचार संस्था तासका अनुसार कार्यक्रम मस्को समय अनुसार दिउँसो १२ बजे सुरु हुनेछ । गत वर्षको कार्यक्रमले चार घन्टाभन्दा बढी समय लिएको थियो ।