३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अमेरिकी विश्वकप छनोट: अर्जेन्टिना र ब्राजिलको उत्कृष्ट ‘कमब्याक’



अ+ अ-

मोन्टेभिडियो । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिलले उत्कृष्ट पुनरागमनमा मंगलबार जित निकालेका छन् । अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हरायो भने ब्राजिलले पेरुमाथि ४–२ को जित दर्ता गर्‍यो । त्यसमा नेमायरले ह्याट्रिक गरे । बोलिभियाले मार्सेलो मोरेनोको गोलले अग्रता लिएयता लउटारा मार्टिनेजले बराबरी गोल फर्काए । खेल सकिन ११ मिनेट अगाडि ज्याक्विन कोरेआले निर्णायक गोल गरे ।

ब्राजिल भने पेरुसँग दुई पल्ट पछाडि परेको थियो । पेरुले सुरुमा आन्द्रे करिलोले गोल गरेपछि नेयमारले पेनाल्टीबाट बराबरी गोल फर्काए । रेनाटो टपाआले पेरुलाई दोस्रो पल्ट अग्रता दिलाए । त्यसपछि ब्राजिलका तर्फबाट रिचार्लिसन एक र नेयमारले दुई गोल गरे ।

नेयमारको दोस्रो गोल पनि पेनाल्टीबाट नै सम्भव भएको थियो भने अन्तिम गोल इन्जयुरी समयमा निस्केको थियो । दिनका अन्य खेलमा इक्वेडरले उरुग्वेलाई ४–२ र पाराग्वेले भेनेजुएलालाई १–० ले पराजित गरेको छ । दक्षिण अमेरिकी समूहमा रहेका १० टिममध्ये शीर्ष ४ टोली कतार विश्वकप-२०२२ मा सोझै छनोट हुनेछन् भने पाँचौं स्थानमा रहने टिमले अन्तरक्षेत्रीय प्लेअफ खेल्नुपर्नेछ ।