३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अमेरिकी विश्वकप छनोट: अर्जेन्टिना र ब्राजिलको उत्कृष्ट ‘कमब्याक’



अ+ अ-

मोन्टेभिडियो । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिलले उत्कृष्ट पुनरागमनमा मंगलबार जित निकालेका छन् । अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हरायो भने ब्राजिलले पेरुमाथि ४–२ को जित दर्ता गर्‍यो । त्यसमा नेमायरले ह्याट्रिक गरे । बोलिभियाले मार्सेलो मोरेनोको गोलले अग्रता लिएयता लउटारा मार्टिनेजले बराबरी गोल फर्काए । खेल सकिन ११ मिनेट अगाडि ज्याक्विन कोरेआले निर्णायक गोल गरे ।

ब्राजिल भने पेरुसँग दुई पल्ट पछाडि परेको थियो । पेरुले सुरुमा आन्द्रे करिलोले गोल गरेपछि नेयमारले पेनाल्टीबाट बराबरी गोल फर्काए । रेनाटो टपाआले पेरुलाई दोस्रो पल्ट अग्रता दिलाए । त्यसपछि ब्राजिलका तर्फबाट रिचार्लिसन एक र नेयमारले दुई गोल गरे ।

नेयमारको दोस्रो गोल पनि पेनाल्टीबाट नै सम्भव भएको थियो भने अन्तिम गोल इन्जयुरी समयमा निस्केको थियो । दिनका अन्य खेलमा इक्वेडरले उरुग्वेलाई ४–२ र पाराग्वेले भेनेजुएलालाई १–० ले पराजित गरेको छ । दक्षिण अमेरिकी समूहमा रहेका १० टिममध्ये शीर्ष ४ टोली कतार विश्वकप-२०२२ मा सोझै छनोट हुनेछन् भने पाँचौं स्थानमा रहने टिमले अन्तरक्षेत्रीय प्लेअफ खेल्नुपर्नेछ ।