१ भाद्र २०८३, सोमबार
,
Latest
बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारीको सबैभन्दा घातक दिन : अष्ट्रेलियामा कोभिड–१९ बाट ७७ को मृत्यु



अ+ अ-

मेलबर्न । न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड, साउथ अष्ट्रेलिया र एसिटीमा कोभिड–१९ बाट रेकर्ड ७७ जनाको मृत्यु भएको छ । दैनिक सङ्ख्याका हिसाबले यो अष्ट्रेलियाका लागि सबैभन्दा घातक दिन हो ।

एनएसडब्लुले भिक्टोरिया २२, क्वीन्सल्याण्डमा १६ र अन्यत्रमा ३६ को मृत्यु भएको बताएको छ । दक्षिण अष्ट्रेलियामा थप दुईको र एक महिलाको एसिटीमा मृत्यु भएको छ।

महामारीको समयमा अघिल्लो उच्च दैनिक घोषणा गरिएको मृत्युको सङ्ख्या सेप्टेम्बर २०२० मा थियो जतिबेला भिक्टोरियाले एक दिनमा ५९ जनाको मृत्यु भएको बताएको थियो । यद्यपि यसमा जुलाई र अगस्टमा मरेका ५० वृद्ध समावेश थिए।

पछिल्लो घोषणामा देशमा विगत सात दिनमा ३५९ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । यो सङ्ख्या अष्ट्रेलियामा महामारीको समयमा कोभिड–१९ बाट भएको कुल मृत्युको झन्डै १३ प्रतिशत हो।

एनएसडब्लुले मङ्गलबार २९ हजार ८३० नयाँ केस थपिएको बताएको छ । तीमध्ये अधिकांश पीसीआर परीक्षणमार्फत देखिएका हुन् । अहिले अस्पतालमा दुई हजार ८५० छन् र तीमध्ये २०९ लाई आइसीयुमा राखिएको छ ।