• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

महामारीको सबैभन्दा घातक दिन : अष्ट्रेलियामा कोभिड–१९ बाट ७७ को मृत्यु



मेलबर्न । न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड, साउथ अष्ट्रेलिया र एसिटीमा कोभिड–१९ बाट रेकर्ड ७७ जनाको मृत्यु भएको छ । दैनिक सङ्ख्याका हिसाबले यो अष्ट्रेलियाका लागि सबैभन्दा घातक दिन हो ।

एनएसडब्लुले भिक्टोरिया २२, क्वीन्सल्याण्डमा १६ र अन्यत्रमा ३६ को मृत्यु भएको बताएको छ । दक्षिण अष्ट्रेलियामा थप दुईको र एक महिलाको एसिटीमा मृत्यु भएको छ।

महामारीको समयमा अघिल्लो उच्च दैनिक घोषणा गरिएको मृत्युको सङ्ख्या सेप्टेम्बर २०२० मा थियो जतिबेला भिक्टोरियाले एक दिनमा ५९ जनाको मृत्यु भएको बताएको थियो । यद्यपि यसमा जुलाई र अगस्टमा मरेका ५० वृद्ध समावेश थिए।

पछिल्लो घोषणामा देशमा विगत सात दिनमा ३५९ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । यो सङ्ख्या अष्ट्रेलियामा महामारीको समयमा कोभिड–१९ बाट भएको कुल मृत्युको झन्डै १३ प्रतिशत हो।

एनएसडब्लुले मङ्गलबार २९ हजार ८३० नयाँ केस थपिएको बताएको छ । तीमध्ये अधिकांश पीसीआर परीक्षणमार्फत देखिएका हुन् । अहिले अस्पतालमा दुई हजार ८५० छन् र तीमध्ये २०९ लाई आइसीयुमा राखिएको छ ।