२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता

करका अधिकांश प्रक्रिया अनलाइनबाटै

करका अधिकांश प्रक्रिया अनलाइनबाटै
अ अ+ अ-

काठमाडौँ । करमा दर्ता हुन होस् अथवा विवरण अद्यावधिक गर्न या त कर दाखिला नै । करदाता सेवा कार्यालयमा यति सामान्य कामका लागि पनि लामो लाइन र अनेक प्रक्रियागत झन्झटसहितको कष्ट बेहोर्नुपर्ने विगत अहिले फेरिएको छ । कर प्रणालीको परम्परागत ढर्रामा परिवर्तन गर्दै आन्तरिक राजस्व विभागले कर प्रक्रियाका अधिकांश कामलाई अनलाइनबाटै लिन सकिने गरी पछिल्लो समय व्यापक सुधार थालनी गरेको छ । कोभिडका कारण कार्यालयमा उपस्थित भएर हुनसक्ने जोखिमलाई कम गर्दै करदातालाई घरमै बसेर अनलाइनबाटै अधिकांश सुविधा उपलब्ध गराइरहेको विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार व्यक्तिगत स्थायी लेखा नम्बर (पी पान) दर्ताको यसअघिको अनलाइन प्रणालीमा सुधार गरेर अनलाइनबाटै लिनसक्ने व्यवस्था गरिएको छ । त्यस्तै विवरण बुझाउने अनि अद्यावधिक गर्ने कामलाई पनि सम्पूर्ण रूपमा अनलाइनमा ल्याइएको तथा पहिलेको प्रक्रियामा सुधार गरिएको उनले जानकारी दिए। जतिसुकै कर पनि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने पनि व्यवस्था पनि गरिएको छ, उनले भने । नेपाल राष्ट्र बैङ्कसहित अन्य आठवटा बैङ्कको समेत लगानी रहेको कनेक्ट आईपीएसमार्फत करदाताले कर भुक्तानी गर्न सक्छन् । यसबाहेक ‘डे वान’ प्रकृतिका करदाताले अनलाइनबाटै कर चुक्ता गर्नसक्ने व्यवस्था पनि विभागले गरेको छ । आय विवरण बुझाउने म्याद थपको विवरण र त्यसको जानकारी पनि करदाताले अनलाइनबाटै प्राप्त गर्नसक्ने छन् ।

करदाता स्वयंले युजर आईडी र पासवर्ड सिर्जना गर्नसक्ने र बिर्सिएमा आफैँ अर्को बनाउन सक्नेगरी अनलाइन प्रणाली सहज बनाएको पनि विभागले जनाएको छ । आफ्नो विवरण आफैँ अद्यावधिक गर्न पनि अनलाइनको प्रयोग गर्नसक्ने व्यवस्था विभागले गरेको छ । विभागले आफ्नो वेबसाइट डब्लूडब्लूडब्लू डट आईआरडी डट जीओभी डट एनपीमा करदातालाई अनलाइन प्रयोगसँग सम्बन्धित सम्पूर्ण जानकारी पनि उपलब्ध गराएको छ । गोरखापत्र दैनिक