१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामजानकी विवाहपञ्चमी महोत्सवः फूलबारी लीला मनाइयो



अ+ अ-

काठमाडौँ । रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइएको छ । सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको हो ।

भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा रहेका बालकलाई जानकी मन्दिर छेउमै रहेको विवाहमण्डपको फूलबारीमा सीताको प्रतिकको रुपमा रहेकी बालिकासंग भेट गराई फूलबारी लिला मनाइन्छ ।

त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँगै फूल टिप्न गएकी सीतासँग पहिलो पटक भेट भएको वाल्मिकी रामायणमा उल्लेख छ । त्यसकै स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत फूलबारी लिला गरिन्छ ।