![](https://newspolar.com/wp-content/uploads/2022/03/chris_gayle_kxip_2020_Ju02vzKkNs.jpg)
शारजाहः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत बिहीबारको खेलमा किंग्स इलेभेन पञ्जाबबाट पहिलो पटक ब्याटिङ सुपरस्टार क्रिस गेलले पनि खेल्ने भएका छन् ।
यसअघिका सात खेलमा उनी बेन्चमै थिए । पञ्जाब राम्रो फर्ममा रहे पनि सात खेलबाट १ खेल जितेर २ अंक मात्र जोड्न सकेको छ । उसले यसअघिका छ खेल हारेको छ ।
आजको खेलमा टस जितेर कप्तान विराट कोहलीको टिम रोयल च्यालेजर्स बैंगलोरले पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कोहलीको टिममा आरोन फिन्च, देवदत्त पाडीकल, विराट कोहली, एबी डी भिलियर्स, शिभम दुबे, वासिङटन सुन्दर, क्रिस मोरिस, इसुरु उडाना, मोहम्मद सिराज, नवदीप सैनी र युजवेन्द्र चहल रहेका छन् ।
त्यस्तै पञ्जाबबाट मयंक अग्रवाल, क्रिस गेल, केएल राहुल, निकोलास पूरन, ग्लेन म्याक्सवेल, दीपक हूडा, क्रिस जोर्डन, एम अश्विन, रवी बिस्नोई, मोहम्मद शामी र अर्शदीप सिंह रहेका छन् ।
दुबै टिमको ब्याटिङ लाइनअप राम्रो र लामो भएकाले धुँवाधार ब्याटिङ हुने अनुमान गर्न सकिन्छ ।