३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएल : क्रिस गेल पहिलो पटक खेल्दै, बैंगलोरले टस जित्यो



अ+ अ-

शारजाहः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत बिहीबारको खेलमा किंग्स इलेभेन पञ्जाबबाट पहिलो पटक ब्याटिङ सुपरस्टार क्रिस गेलले पनि खेल्ने भएका छन् ।

यसअघिका सात खेलमा उनी बेन्चमै थिए । पञ्जाब राम्रो फर्ममा रहे पनि सात खेलबाट १ खेल जितेर २ अंक मात्र जोड्न सकेको छ । उसले यसअघिका छ खेल हारेको छ ।
आजको खेलमा टस जितेर कप्तान विराट कोहलीको टिम रोयल च्यालेजर्स बैंगलोरले पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कोहलीको टिममा आरोन फिन्च, देवदत्त पाडीकल, विराट कोहली, एबी डी भिलियर्स, शिभम दुबे, वासिङटन सुन्दर, क्रिस मोरिस, इसुरु उडाना, मोहम्मद सिराज, नवदीप सैनी र युजवेन्द्र चहल रहेका छन् ।

त्यस्तै पञ्जाबबाट मयंक अग्रवाल, क्रिस गेल, केएल राहुल, निकोलास पूरन, ग्लेन म्याक्सवेल, दीपक हूडा, क्रिस जोर्डन, एम अश्विन, रवी बिस्नोई, मोहम्मद शामी र अर्शदीप सिंह रहेका छन् ।

दुबै टिमको ब्याटिङ लाइनअप राम्रो र लामो भएकाले धुँवाधार ब्याटिङ हुने अनुमान गर्न सकिन्छ ।