५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा सपरिवारसहित नेपालगञ्ज जानुहुँदै



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार नेपालगञ्ज जानुहुने भएको छ । साविकको मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणको सिलसिलामा पूर्वराजा शाह नेपालगञ्ज जान लाग्नुभएको हो ।

सोमबार अपरान्ह पूर्वराजा सपरिवार नेपालगञ्ज पुग्ने भएपछि हिन्दुवादी र राजावादीले भब्य स्वागत गर्ने गरी तयारी गरेका छन् । नेपालगञ्ज विमानस्थलबाट बासस्थान सोल्टीसम्म नाराबाजीका साथ स्वागत गर्ने तयारी गरिएको छ ।

पूर्वराजपरिवारका सदस्य नेपालगञ्जमा एक महिनाबढी बस्ने बताइएको छ । नेपालगञ्जमा मुकाम बनाएर पूर्वराजाको विभिन्न जिल्लामा सवारी हुने छ ।

पूर्वराजपरिवारका सदस्य वर्षेनीजसो नेपालगञ्जमा लामै समय बस्ने गरी जाने गरेका छन् । यसअघिको नेपालगञ्ज बसाईका क्रममा पूर्वराजा शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेट समेत भएको थियो ।




भर्खरै