२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या



अ+ अ-

धनगढी । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

शनिबार साँझ घरायसी विवादमा विष्टले श्रीमती ज्योतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । ज्योती नरेन्द्रकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीको निधनपछि विष्टले ज्योतीसँग दुई वर्षअघि बिहे गरेका थिए ।

विष्टलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीविरुद्ध कर्तव्य ज्यानमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।




भर्खरै