२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पालमससँग स्तब्ध बन्यो शीर्षस्थानको बार्सिलोना



अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना लास पालमससँग घरेलु मैदानमै २–१ गोलले स्तब्ध बनेको हो ।

खेलको ४९ औं मिनेटमा सान्ड्रो रामिरेजले गोल गर्दै पालमसलाई सुरुवाती अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए । तर, ६७ औं मिनेटमा फाबियो सिल्भाले गोल गर्दै पालमसलाई जित दिलाए ।

पराजित बार्सिलोना १५ खेलबाट ३४ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । पछिल्ला तीन खेलमा बार्सिलोनाले २ हार र १ बराबरीको नतिजा निकालेको छ ।

पालमस भने १५ अंकका साथ १४ औं स्थानमा छ ।