६ पुष २०८२, आईतवार
,
Latest
प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिलाबल्लभसँगै मानव तस्करीको आरोप लागेका तीन जनालाई थुनामा पठाउने आदेश



अ+ अ-

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले मानव तस्करी तथा लिखत सम्बन्धी आरोप लागेका तीन जनालाई थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधीश बलराम लम्सालको इजलासले महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवारलाई थुनामा पठाउने आदेश गरेको हो ।

यस्तै, इजलासले जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई धरौटी मागेको थियो । उनीहरु ५०–५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । नवीन राई र बुद्धि राई भने साधारण तारेखमा रिहा भएका छन् ।

उनीहरूमाथि मानव तस्करी तथा लिखत सम्बन्धी कसुर गरेको आरोप लागेको थियो । यही प्रकरणमा मुछिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले अधिकारीमाथि मुद्दा नचल्ने निर्णय गरेको थियो । तर, आज शुक्रबारमात्रै मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।