४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो

स्युचाटारमा आउटडोर फिटनेस पार्क

स्युचाटारमा आउटडोर फिटनेस पार्क
अ+ अ-

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–९, स्युचाटारमा आउटडोर फिटनेस पार्क (खुला ब्यायामशाला) सञ्चालनमा आएको छ । नागार्जुन नगरपालिकाको सहयोगमा तारकेश्वर युवा क्लबले निर्माण गरेको आउटडोर फिटनेस पार्कको शनिबार पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरेका छन् ।

करिब ११ रोपनी क्षेत्रफलमा बालबालिकादेखि जेष्ठ नागरिकसम्मलाई समेट्ने गरी खुला पार्क निर्माण गरिएको तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए । ‘नगरवासीलाई स्वस्थ्य बनाउनका लागि पहिलो पटक खुला ब्यायामशालाको अवधारणा ल्याएको हो’, अध्यक्ष बुढाथोकीले भने, ‘बच्चादेखि जेष्ठ नागरिकसम्मलाई स्वस्थ्य राख्ने अभियानअन्तर्गत खुला ब्यायामशालासहितको पार्क निर्माण गरिएको हो ।’

पार्कमा आउटडोर ब्यायामशालासँगै मर्निङ वाक ट्रयाक, बाल उद्यान, बहुउद्देशीय कभर्डहल, सेभेन ए साइड फुटबल मैदानलगायतका पूर्वाधार निर्माण गरिएको छ ।

फिटनेस पार्कमा ब्यायामका लागि अत्याधुनिक विभिन्न १६ वटा उपकरण जडान गरिएको छ । जहाँ सबै उमेर समूहका मानिसले जुनसुकै समयमा पनि ब्यायाम गर्न सक्ने छन् । 

पार्कको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री सिंहले अहिलेको महामारीको समयमा सामुदायिक पार्क अत्यन्त आवश्यक रहेको औंल्याउँदै सबैलाई स्वस्थ राख्नका लागि नागार्जुन नगरपालिका र तारकेश्वर युवा क्लबले सञ्चालन गरेको अभियानको प्रशंशा पनि गरे ।

सबै नगरवासीलाई स्वस्थ्य राख्नका लागि नेपालमै पहिलो पटक उत्कृष्ट उपकरणसहितको आउटडोर फिटनेस पार्क निर्माण गरिएको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बताए । उनले पहिलो चरणमा वडा नम्बर ९ बाट सुरु भएको अभियान १० वटै वडामा विस्तार गरिने प्रतिवद्धता जनाए ।

तारकेश्वर युवा क्लबका अध्यक्ष बुढाथोकीले पहिलो चरणमा खुला ब्यायामशाला निर्माण सम्पन्न गरी उद्घाटन गरिएको जनाउँदै यो आर्थिक वर्षभित्र अन्य सबै पूर्वाधार निर्माण सम्पन्न गरिसक्ने जानकारी दिए ।