२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी वकिलको कार्यालय काठमाडौंमा रविको बयान जारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान जारी रहेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बयानको लागि बिहीबार काठमाडौं ल्याइएको थियो । आज बिहान करिब साढे ८ बजेदेखि रविको बयान भईरहेको हो ।

सरकारी वकिलको कार्यालयका उपन्यायाधिवक्ता फणीन्द्र कटुवालले रबिको बयान लिइरहेका छन् ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे लामिछानेसँग बयान लिइएको हो ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । यो बीचमा उनलाई रुपेन्देही पनि बयानको लागि लगिएको थियो । उनीमाथि बुटवलको सुप्रिम सहकारी र चितवनको साहारा सहकारीमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।