२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी वकिलको कार्यालय काठमाडौंमा रविको बयान जारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान जारी रहेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बयानको लागि बिहीबार काठमाडौं ल्याइएको थियो । आज बिहान करिब साढे ८ बजेदेखि रविको बयान भईरहेको हो ।

सरकारी वकिलको कार्यालयका उपन्यायाधिवक्ता फणीन्द्र कटुवालले रबिको बयान लिइरहेका छन् ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे लामिछानेसँग बयान लिइएको हो ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । यो बीचमा उनलाई रुपेन्देही पनि बयानको लागि लगिएको थियो । उनीमाथि बुटवलको सुप्रिम सहकारी र चितवनको साहारा सहकारीमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।