१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताको बैठक



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक बसेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टीको शीर्ष नेताहरूको बैठक बसेको हो ।

बैठकमा सभापति देउवासहित बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्क र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतलगायत शीर्ष नेता सहभागी थिए ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, चिनियाँ परियोजना बीआरआईलगायतको विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नजिकिँदै गर्दा कांग्रेसले पार्टीभित्र पनि बीआरआईको विषयमा छलफल चलाइरहेको छ ।

कांग्रेसले बीआरआई अन्तर्गत ऋण स्वीकार नगर्ने, अनुदान भएमात्रै लिने अडान लिँदै आएको छ ।