१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ । सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारीलाई मुद्दा नचल्ने निर्णय गर्दै अन्य ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र लिखत सम्बन्धी कसुरमा सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको जिल्ला न्यायाधीवक्ता सीताराम अर्यालले बताए ।

मुद्दा दायर भएकाहरूमा जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतम छन् । दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार छन् ।

जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए । उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

अधिकारीको हकमा भने संलग्नता पुष्टि हुन नसकेकाले मुद्दा नचलाउने निर्णय गरिएको बताइएको छ ।

अधिकारीले जापान पुगेर अध्यागमनलाई खबर गरेको देखिएको, प्रहरीका डिआइजीलाई खबर गरेको देखिएको, जापानबाट तीन जना प्रतिवादीविरूद्धको पत्र प्राप्त भएको देखिएको अर्यालले बताए ।

अधिकारी गत कात्तिक २६ गते पक्राउ परेका थिए ।