५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब प्रधानमन्त्रीले आठवटै मार्की खेलाडीको बयान गरे



file photo
अ+ अ-

काठमाडौँ । पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गरिएको छ ।

धरहरा परिसरबाट नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएलको ट्रफी अनावरण गरेका हुन् ।

सो समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्दा एकछिन हाँसोको माहोल छायो । प्रधानमन्त्री ओलीले आठ वटै फ्रेन्चाइजका मार्की खेलाडीलाई लिएर यसरी बयान गरे कि मार्की खेलाडी समेत मुसुमुसु हाँस्दै बसे ।

प्रधानमन्त्री ओलीले भने – ‘जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले स्पोट्सम्यानसिप देखाउँदै आयरल्याण्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल भिडियो मैले पनि हेरेको थिएँ । आसिफ सेखलाई क्याप्टेन, कुल, शान्त भनेर नाम, उपनाम दिएपनि हुन्छ । काठमाडौं गोर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन ब्वाइ भनेर सम्बोधन गर्नेकुरा थाहा पाएको थिएँ । उनले राजधानीको नाम राख्ने आशा लिएको छु । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् की ब्याटर छुट्याउन गाह्रो हुने उनको कौशल छ, विश्वले नै छुट्याउन सकेको छैन जस्तो लाग्छ । यस पटक ९९ मा आउट हुन नपरोस् । शतक हान्नु भन्ने मेरो शुभकामना छ । हाम्रो साथीहरुले चितवन राइनोज भन्ने गर्नुभएको छ, म चाहीँ चितवन गैडाज भन्ने गर्दछु । त्यति पनि अंग्रेजी नजान्ने भनेर फेरि भन्लान् । अंग्रेजीको पण्डित हुनुपर्छ भन्ने केही छैन, तपाईंहरु क्रिकेट चाहीँ राम्रो खेलाडी होस् । चितवन राइनोजका कप्तान कुशल मल्ल हेर्दा सानोसानो जस्तो लाग्थ्यो । ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ । लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो की मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । विराटनगर किंग्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्राण्ड एम्बेस्डर जस्तै रहे । बिबिएलदेखि आइपिएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ । त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो भने गर्छ । कर्णाली याक्सका सोमपाल कामीका ति योर्करहरुलाई कसले भुल्नसक्छ । सोमपालले कर्णालीको चिसो पानीको तागत मैदानमा देखाउनेछन् । अन्तिममा हिरोको पालो आउँछ । मेरो फेब्रेट नै भनौँ । नेपाली क्रिकेटका बाघ दीपेन्द्र सिंह ऐरीको ६ छक्काको कीर्तिमा मलाई स्मरण छ । एनपिएलमा यस्ता धेरै कीर्तिमान बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि मेरो शुभकामना छ ।’




भर्खरै