२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगमा उल्भ्ससंग लिड्सको हार



अ+ अ-

लन्डन । राउल जिमिनेजको प्रहारले ठूलो ‘डिफ्लेक्सन’ लिएपछि उल्भ्सले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सले लिड्स युनाइटेडलाई १–० ले हराएको छ । लिड्स मिडफिल्डर केल्भिन फिलिप्सको टाउकोमा लागेर बलले ७० औं मिनेटमा पोस्टको दिशा लिएको थियो ।

लिड्सले घरमा भएका खेलमा बलमाथि बढी नियन्त्रण राखे पनि निर्णायक आक्रामण भने बुन्न सकेन । यो सिजन आफ्नो घरेलु मैदानमा लिड्सको यो पहिलो हार हो ।

लिगको अर्को खेलमा वेस्ट ब्रुम र बर्नलीले गोलरहित बराबरी खेले । यस नतिजासँगै दुवै टिम सिजनको पहिलो जितका लागि अझै संघर्षरत रहेका छन् ।