१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको जागरणसभामा जे देखियो…



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जागरणसभामा पार्टीका कार्यकर्ताको मुहारमा उत्साह र जोश देखिन्थ्यो ।

पार्टीका नेता तथा कार्यकर्ताले एउटा हातमा नेपालको झण्डा, अर्को हातमा एमाले पार्टीको झण्डा लिएर बेलाबेला उत्साहित भएर फहराइरहेको दृश्य देखिन्थ्यो । त्यही सभामा एउटा ठूलो बोराभरि भुटेको मकै थियो । सभामा उपस्थित नेता, कार्यकताले पालैपालो निकाल्दै एक–एक मुठ्ठी खाँदै थिए ।

एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका कलाकारले बीचबीचमा सभालाई उत्साह भर्न गीत गाएपछि झन् उत्साहित भएर झण्डाहरू फहराउँदै नाचेको दृश्य देखिन्थ्यो ।

राष्ट्रिय जनसांस्कृति महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले लेख्नुभएको गीतलाई कलाकार अमृत खातीले गाउनुभएको थियो । गीतमा भनिएको थियो, ‘लागौँ सबै विकासको बाटोमा, मोती फल्छ नेपाली माटोमा ।’ कलाकार खातीकै स्वरमा अर्को गीत ‘अँध्यारोमा बलेको टुकी, एमालेको जनताको ढुकढुकी ।’

अर्का कलाकार भीमसेन खतिवडाको स्वरमा प्रस्तुत भएको गीतमा शब्दहरूमा यस्तो थियो, ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्यो जुटौँ साथी हो ।’ त्यस्तै कलाकार खतिवडाको स्वरमा अर्को गीत ‘राम्रो नि नेकपा (एमाले) लाल सूर्य झलल्, जनता ताती लौ एमालेमाथि मिसियो सलल् ।’

कलाकार रामप्रसाद अवस्थीको स्वरमा सुनिएको थियो, ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी फिर्ता ल्याउनुछ, भन्नुहुन्छ बाबा र आमाले देश बनाउने पार्टी हो एमाले ।’ अर्का कलाकार वैकुण्ठ महतको स्वरमा घन्किएको थियो, ‘हाम्रो नेपाल, हाम्रै एमाले’ जनसांस्कृति महासङ्घका कलाकारहरूले पालोपालो सभालाई मनोरञ्जन तथा उत्साह भरेका थिए ।

कलाकारसँगसँगै सभाका उपस्थित सबै नेता तथा कार्यकर्ताले झण्डा फहराउँदै एकै स्वरमा गाउँदै थिए, ‘पूर्वको माया पश्चिमलाई, पश्चिमको माया पूर्वलाई।।।’ यस्तैयस्तै धेरै गीत कलाकारले गाएका थिए । जसले जागरणसभालाई थप ऊर्जा दिएको थियो ।

सभामा नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको उपस्थित भएपछि निकैबेर नेपालको र एमाले पार्टीको झण्डा फहराएर पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । उहाँले सभालाई सम्बोधन गर्न थालेपछि सहभागीहरूको मुहारमा छुट्टै चमक देखिन्थ्यो ।

“समाजमा अराजकता मच्चाउने, सामाजिक सद्भाव र विद्वेष फैलाउने काम भइरहेको छ, तपाईँहरू भ्रममा नपर्नुस्”, सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, “यो सरकार मुलुकमा सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न बनेको हो ।”