२७ जेष्ठ २०८३, बुधबार
,
Latest
बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग एन्फा एकेडेमी घटना पिडित परिवारको मागः ‘क्षतिपूर्ति होईन, हामीलाई न्याय चाहियो’



अ+ अ-

काठमाडौँ । सिस्नेरी एन्फा एकेडेमी घटना पिडित परिवारले होस्टेलका वार्डेनले जबरजस्ती गलत बाटो प्रयोग गर्दा आफ्नो सन्तान गुमाउनुपरेको बताएका छन् । गत असोज १२ गते विहान सो दुर्घटना हुँदा ६ जना बालबालिकाको ज्यान गएको थियो । कुलेखानीको ड्याममा पानी बढ्न थालेपछि विद्युत प्राविधिकरणले पानी छोड्नु पर्ने भन्दै उक्त भेगका सबैलाई सुरक्षित रहन सूचनासमेत जारी गरेको अवस्थामा पनि एन्फा र व्यवस्थानका जिम्मेवार व्यक्तिको लाहप्रवाहीका कारणले ६ जनाको ज्यान गएको पीडित परिवारको आरोप छ ।

घटना भएको ५३ दिन बितिसक्दा पनि आफूहरुले न्याय नपाएको पीडित परिवारले बताएका छन् । पीडित परिवारहरुले सो घटनाको निश्पक्ष छानविनको माग गर्दै प्रधानमन्त्री, विपक्षी दलका नेता, प्रमुख राजनैतिक दलका नेता, खेलकुदमन्त्रीलगायतका निकायमा ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएको बताइएको छ ।

साथै, एन्फा एकेडेमी पनि गैह्रजिम्मेवार रुपमा प्रस्तुत भइरहेको परिवारजनको भनाइ छ । पीडित परिवारहरुले सो घटनालाई लिएर एन्फाले बनाएको छानविन समिति आफूहरुलाई मान्य नरहेको बताएका छन् । घटनामा प्रत्यक्ष जोडिएका व्यक्तिहरुलाई नै राखेर समिति बनाइ नाटक मञ्चन गरिएको पीडित परिवारहरुको आरोप छ ।

उक्त घटनालाई प्राकृतिक विपत्तिसँग नजोडी एक उच्चस्तरीय छानविन समिति बनाउन पीडित परिवारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्बन्धित निकायको ध्यानाकार्षण गराएका छन् । सो घटनाका दोषीहरुलाई कारबाही भएमा मात्रै मृतक बच्चाहरुको आत्माले शान्ति पाउने पीडित परिवारको भनाइ छ ।

सो घटनामा परी निधन भएका विकल रेग्मीकी आमा कमला रेग्मीले आफूहरुलाई क्षतिपूर्ति भन्दा पनि न्याय चाहिएको बताईन् । उनले पीडित परिवारलाई न्याय दिने सन्दर्भमा सरकारसहित सरोकारवाला निकाय गम्भीर हुन नसकेको बताईन् ।

‘राज्यसँग हामीले कुनै करोडौंको क्षतिपूर्ति मागेका छैनौं । हामीलाई न्याय दिनुस् । हामीले १३ वर्षको बच्चा गुमाएका छौं । हामीले राज्यलाई हात जोड्दा पनि न्याय पाउन सकेका छैनौं । आजसम्म ४ पटक भयो काठमाडौंमा आएर न्याय मागेको,’– उनले भनिन् ।

सो घटना परी निधन भएका प्रियंश आचार्यका बाबु टीकाराम आचार्यले एन्फा र व्यवस्थानको लाहप्रवाहीले आफ्नो सन्तान गुमाउनु परेको बताए । न्यायिक समिति बनाएर उक्त घटनाको यथार्थ छानविन भई दोषीलाई कारबाही हुनुपर्ने उनले बताए । आफ्ना सन्तानहरुलाई एन्फाले पैसामा तुलना गरेको बताउँदै उनले आफूहरुलाई पैसा भन्दा पनि न्याय चाहिएको बताए ।

सो घटनामा परी निधन भएका अनुपम घलानकी आमाले दोषीमाथि हदैसम्मको कानुनी कारबाही हुनुपर्ने बताईन् । एन्फा एकेडेमी र व्यवस्थापनको लाहप्रवाहीले उक्त घटना भएको उनको दाबी छ । व्यवस्थापनको जिम्मेवारी पाएका जिम्मेवार व्यक्तिहरु त्यो रात बच्चालाई भित्र थुनेर आफ्नो घरमा गएर सुतेको र अन्तिम अवस्थामा आएर ताल्चा खोल्दिएर बच्चाहरुलाई भाग भनेको उनको दाबी छ ।

 




भर्खरै