२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

15.87°C

काठमाडौं

15.87°C

Kathmandu

Feels-like: 15.37

Wind: 1.25

Humidity: 71

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक नेतृत्वले एकले अर्कालाई झुक्याउने कुरा घातक छः जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्वबीच एकले अर्कोलाई झुक्याउने कुरा घातक रहेको टिप्पणी गर्नुभएको छ ।

पछिल्ला दिनमा सत्तामा टाँसिरहनका लागि राजनीतिक नेतृत्वबीच छक्याउने, झुक्याउने सोच र प्रवृत्ति देखिएको जिकिर गर्दै उहाँले त्यो कुरा मुलुकको राजनीतिक क्षेत्रका लागि नै घातक भएको टिप्पणी गर्नुभएको हो ।

मंगलबार काठमाडौँमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले राजनीतिक नेतृत्वले शासनमा भन्दा राशनमा ध्यान दिने खालको नीति लियो भने मुलुकमा फेरी सम्हाल्न नसक्ने गरी द्वन्द्व शुरु हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेतृत्वले एकले अर्कालाई छक्याउने, झुक्याउने, कसरी हुन्छ आफ्नो हातमा सत्ता राखिराख्ने खालको जो सोच र प्रवृत्ति र संस्कृतिको विकास भएको छ । यो धेरै हानिकारक छ राजनीतिक क्षेत्रमा । यसैले वितृष्णा पैदा गरेको छ । एकले अर्कोलाई धोका दिने, छक्याउने खालको कुराले, सत्तामा टाँसिरहने र इगो टकराउने खालको कुरा र शासनमा भन्दा राशनमा बढी ध्यान दिने खालको नीति भयो भने फेरी द्वन्द्व हुन्छ । त्यो सम्हाल्न सकिँदैन ।’

उपमहासचिव शर्माले तत्कालीन राज्य पक्षले दमन गरेपछि माओवादीले विद्रोह गर्नुपरेको पनि बताउनु भयो ।