१८ श्रावण २०८३, सोमबार
,
Latest
आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर) साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो मुन्दडाको निवास र कार्यालयमा पाँच घण्टा प्रहरीको खानतलासी, केही फेला नपरेपछि फर्कियो टोली ज्योति रानाभाटको सत्याग्रहप्रति स्वास्थ्यमन्त्री महतको चासो, संवादबाटै समाधान खोजिने मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित



अ+ अ-

काठमाडौँ, ४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई आज सम्मान गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीले ती खेलाडीलाई बधाई दिँदै सम्मान गर्नुभएको हो । यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासिल गर्नुभएको थियोे ।

प्रधानमन्त्री ओलीले यस खेलको पर्याप्त सम्भावना रहेकोेले राज्यका तर्फबाट आवश्यक प्रोत्साहन हुने विश्वास दिलाउनुभयो ।

नेपाल शाररीक सुुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले पर्यटन प्रवर्द्धनमा समेत योगदान मिल्ने भएकोले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायत सहभागी हुनुहुन्थ्यो ।