३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘इमर्जेन्सी’ को नयाँ रिलिज मिति घोषणा



अ+ अ-

एजेन्सी । कंगना रनावतको विवादित फिल्म ‘इमर्जेन्सी’लामो समयदेखि रिलिजको प्रतिक्षामा थियो । संवेदनशील विषयका कारण फिल्म विवादमा परेको थियो । फिल्मलाई देशभर प्रतिबन्ध लगाउन माग गरेपछि धेरै मुद्दा दर्ता भएका छन् ।

यता, सेन्सर बोर्डले फिल्मलाई सर्टिफिकेट दिन अस्वीकार गरेको थियो । तर, अब फिल्मको नयाँ रिलिज मिति सार्वजनिक भएको छ । कंगनाले हालै आफ्नो आधिकारिक इन्स्टाग्रामबाट फिल्मको नयाँ रिलिज मिति घोषणा गरेकी छिन् ।

देशको सबैभन्दा शक्तिशाली महिलाको महाकाव्य गाथा र भारतको भाग्य परिवर्तन गर्ने क्षण ‘इमर्जेन्सी’ १७ जनवरी २०२५ मा थिएटरमा देखिनेछ ।

फिल्म इमर्जेन्सी जुन १४, २०२४ मा रिलिज हुने थियो । तर, लोकसभा चुनावका कारण स्थगित भएको थियो । फिल्म ६ सेप्टेम्बर २०२४ मा रिलिज हुने थियो, तर रिलिज हुनु केही दिनअघि सेन्सर बोर्डले फिल्मलाई सर्टिफिकेट दिन अस्वीकार गर्यो ।

फिल्ममा विवादास्पद दृश्य रहेकाले शान्तिमा खलल पुग्ने आरोप लागेको थियो ।

फिल्म ‘इमर्जेन्सी’ पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी र भारतमा लागू गरिएको आपतकालमा आधारित छ । कंगनाले फिल्ममा इन्दिरा गान्धीको भूमिका निर्वाह गर्नुका साथै निर्देशन पनि गरेकी छिन् । फिल्ममा उनीसँगै अनुपम खेर, महिमा चौधरी, श्रेयस तलपदे लगायतका कलाकारको मुख्य भूमिका छ ।