१८ श्रावण २०८३, सोमबार
,
Latest
मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता उत्तरपश्चिम पाकिस्तानमा भएको आत्मघाती विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो युक्रेनको राजधानी किभमा रुसी मिसाइल आक्रमणः ९ जनाको मृत्यु, २८ घाइते काबुलमा प्रहरीसँगको मुठभेडमा सात सशस्त्र लुटेरा मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘इमर्जेन्सी’ को नयाँ रिलिज मिति घोषणा



अ+ अ-

एजेन्सी । कंगना रनावतको विवादित फिल्म ‘इमर्जेन्सी’लामो समयदेखि रिलिजको प्रतिक्षामा थियो । संवेदनशील विषयका कारण फिल्म विवादमा परेको थियो । फिल्मलाई देशभर प्रतिबन्ध लगाउन माग गरेपछि धेरै मुद्दा दर्ता भएका छन् ।

यता, सेन्सर बोर्डले फिल्मलाई सर्टिफिकेट दिन अस्वीकार गरेको थियो । तर, अब फिल्मको नयाँ रिलिज मिति सार्वजनिक भएको छ । कंगनाले हालै आफ्नो आधिकारिक इन्स्टाग्रामबाट फिल्मको नयाँ रिलिज मिति घोषणा गरेकी छिन् ।

देशको सबैभन्दा शक्तिशाली महिलाको महाकाव्य गाथा र भारतको भाग्य परिवर्तन गर्ने क्षण ‘इमर्जेन्सी’ १७ जनवरी २०२५ मा थिएटरमा देखिनेछ ।

फिल्म इमर्जेन्सी जुन १४, २०२४ मा रिलिज हुने थियो । तर, लोकसभा चुनावका कारण स्थगित भएको थियो । फिल्म ६ सेप्टेम्बर २०२४ मा रिलिज हुने थियो, तर रिलिज हुनु केही दिनअघि सेन्सर बोर्डले फिल्मलाई सर्टिफिकेट दिन अस्वीकार गर्यो ।

फिल्ममा विवादास्पद दृश्य रहेकाले शान्तिमा खलल पुग्ने आरोप लागेको थियो ।

फिल्म ‘इमर्जेन्सी’ पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी र भारतमा लागू गरिएको आपतकालमा आधारित छ । कंगनाले फिल्ममा इन्दिरा गान्धीको भूमिका निर्वाह गर्नुका साथै निर्देशन पनि गरेकी छिन् । फिल्ममा उनीसँगै अनुपम खेर, महिमा चौधरी, श्रेयस तलपदे लगायतका कलाकारको मुख्य भूमिका छ ।