१३ श्रावण २०८३, बुधबार
,
Latest
पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि… चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना सांसद विष्टको प्रश्नः निर्वाचन आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

वरिष्ठ अधिवक्ता तथा मानवअधिकारवादी नेता ढुङ्गानाको निधनको खबरले आफु अत्यन्त दु:खी भएको उहाँले बताउनुभयो ।

उहाँले ढुङ्गानाले २०४७ सालमा जारी संविधानको मस्यौदा बनाउन गठित संविधान सुझाव आयोगको सदस्य, २०४८ सालमा सम्पन्न निर्वाचनबाट बनेको प्रतिनिधिसभाको सभामुख र ०६२/६३ सालको दोस्रो जनआन्दोलनमा नागरिक अगुवाका रूपमा लोकतन्त्रको स्थापना र यसलाई संस्थागत गर्ने कार्यमा पुर्‍याउनु भएको विशिष्ट योगदानका लागि आफुहरुले सधै संझिरहने बताउनुभएको छ ।

‘म दिवंगत ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँकी जीवन सँगिनी श्रीमती भुवन ढुङ्गाना सहित शोकमा डुबेको समस्त ढुङ्गाना परिवारमा गहिरो समवेदना प्रकट गर्दै दु:खको यस घडीमा धैर्य धारण गर्ने क्षमता प्राप्त होस् भनी कामना गर्दछु ।’ पुर्वराष्ट्रपतिले सामाजिक संजाल फेसबुममार्फत गहिरो शोक व्यक्त गर्नुभएको छ ।




भर्खरै