२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

वरिष्ठ अधिवक्ता तथा मानवअधिकारवादी नेता ढुङ्गानाको निधनको खबरले आफु अत्यन्त दु:खी भएको उहाँले बताउनुभयो ।

उहाँले ढुङ्गानाले २०४७ सालमा जारी संविधानको मस्यौदा बनाउन गठित संविधान सुझाव आयोगको सदस्य, २०४८ सालमा सम्पन्न निर्वाचनबाट बनेको प्रतिनिधिसभाको सभामुख र ०६२/६३ सालको दोस्रो जनआन्दोलनमा नागरिक अगुवाका रूपमा लोकतन्त्रको स्थापना र यसलाई संस्थागत गर्ने कार्यमा पुर्‍याउनु भएको विशिष्ट योगदानका लागि आफुहरुले सधै संझिरहने बताउनुभएको छ ।

‘म दिवंगत ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँकी जीवन सँगिनी श्रीमती भुवन ढुङ्गाना सहित शोकमा डुबेको समस्त ढुङ्गाना परिवारमा गहिरो समवेदना प्रकट गर्दै दु:खको यस घडीमा धैर्य धारण गर्ने क्षमता प्राप्त होस् भनी कामना गर्दछु ।’ पुर्वराष्ट्रपतिले सामाजिक संजाल फेसबुममार्फत गहिरो शोक व्यक्त गर्नुभएको छ ।