१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार देशका राजदूतहरुले लिए राष्ट्रपति पौडेलबाट शपथ ग्रहण



अ+ अ-

काठमाडौँ । चार देशका राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

पाकिस्तान, कतार, इजरायल र जनवादी गणतन्त्र चीनका लागि अनुमोदित राजदूतहरुलाई आईतवार शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

शपथग्रहण गर्ने राजदूतहरुमा कतारका लागि अनुमोदित रमेशचन्द्र पौडेल, इजरायलका लागि अनुमोदित प्राध्यापक धनप्रसाद पण्डित, जनवादी गणतन्त्र चीनका लागि अनुमोदित प्राध्यापक डा.कृष्णप्रसाद ओली र पाकिस्तानका लागि अनुमोदित रिता धिताल हुनुहुन्छ ।